दफा ३२
प्रत्यायोजित विधायनको संसदीय परीक्षण
(१) समितिले प्रत्यायोजित विधायनका सम्बन्धमा नियमित परीक्षण गर्न, गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम गर्ने परीक्षण सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गर्नेछ।

(३) उपदफा (२) बमोजिमको कार्यविधि बमोजिम समितिले . आवश्यकता अनुसार सरोकारवालालाई आवश्यक निर्देशन दिन वा ध्यानाकर्षण गराउन सक्नेछ।

(४) यस दफा बमोजिमको परीक्षणद्वारा प्रत्यायोजित विधायनमा कुनै कैफियत वा सुधार गर्नु पर्ने देखिएमा त्यसको सुधार वा संशोधन गर्न समितिले सम्बन्धित मन्त्रालय वा निकायलाई निर्देशन दिन सक्नेछ।